इन्टर्याक्ट क्लब अफ स्टेप बाइ स्टेप पोखरा लेकसाइडको अध्यक्षमा राशिका श्रेष्ठ चयन भएकी छन् ।
रोटरी क्लब अफ पोखरा लेकसाइडको प्रायोजन तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत गठित उक्त क्लबको सचिवमा कसिस क्षेत्री, उपाध्यक्षयमा आयुष पौडेल, सहसचिवमा प्रसन्न पराजुली, कोषाध्यक्षमा साहिल लामिछाने चयन भए । त्यस्तै आईटी हेडमा अनुप गिरी, मिडिया हेडमा सुधा थापा, मुख्य सम्पादकमा गौरव लामिछाने, पब्लिक इमेज प्रमुखमा प्रथम थापा, क्लब सर्भिस निर्देशकमा रिबिका गुरुङ, इन्टरनेशनल सर्भिस निर्देशकमा ममता गिरी, सर्जेन्ट एट आर्म्समा सलिना भण्डारी तथा लर्निङ फ्यासिलिटेटरमा कृष्ण गिरी छन्।
औपचारिक चार्टर प्रस्तुति स्टेप बाइ स्टेप माविका प्राचार्य निर्मला बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष ई.राजेन्द्र लिगल, असिस्टेन्ट गभर्नर रमाकान्त बराल, असिस्टेन्ट गभर्नर बाबुराम बराल, रोटरी क्लब अफ पोखरा लेकसाइडका आगामी अध्यक्ष टोपबहादुर थापा, पूर्व अध्यक्ष उपेन्द्र अधिकारी, डा। वीरबहादुर कार्की तथा इन्टर्याक्ट क्लब अफ स्टेप बाइ स्टेपका एड्भाइजर दिपक गिरीले क्लबमार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व, सेवाभाव तथा सहकार्यको भावना विकास हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन इन्टर्याक्ट क्लब अफ स्टेप बाइ स्टेप की सचिव कसिस क्षेत्रीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको…






