फाइल तस्विर
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यथावत राख्ने सहमति भएको छ । ओली र प्रचण्डबीच मंगलबार विहान भएको छलफलमा शाहीलाई मुख्यमन्त्रीमा यथावत राख्ने सहमति भएको हो । साथै शाहीबिरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनेपनि सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।
त्यस्तै ओली र प्रचण्डबीच मुख्यमन्त्री शाहीबिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउन गरेको निर्णयपनि बदर गर्ने तथा हालसालै नियुक्त गरिएकी सीता नेपालीलाई नियुक्त गर्ने निर्णय बदर गर्ने सहमति भएको थापाले बताए ।
साथै सरकार र पार्टीले आगामी दिनमा गर्ने निर्णयमा सहमतिका साथ अघि बढ्ने सहमति भएको थापाले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्टाटसमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।