राजतन्त्रकालिन सुविधा र भत्ता खारेज गर्ने कानून बनाऔं


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




नेकपा नेता तथा सांसद रामजीप्रसाद बराल

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले विभिन्न चाँडपर्वका नाममा वितरण हुने सुविधा र भत्ता खारेज गर्ने कानून बनाउनुपर्ने बताएका छन् । सरकारमा रहेका उच्च पदस्थ पदाधिकारी तथा सांसदहरुले दशैं भत्ता लिएकोप्रति सर्वसाधारणले विरोध जनाएपछि नेकपा नेतासमेत रहेका सांसद बरालले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै त्यस्ता सुविधा तथा भत्ता खारेज गर्ने कानून बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

अनेक प्रकारका सेवा सुविधा तथा भत्ता राजतन्त्रकालिन् नै छन्,‘फेसवुक स्टाटसमा उनले लेखेका छन्,‘ऐन कानून बनाउनेदेखि राज्यको तलब लिनेहरु सबैलाई पारिश्रमिक बाहेक सबै नामका सेवा सुविधा र भत्ता खारेज गरिएको कानून बनाउने आँट गरौं ।’ उनले सेवा सुविधा र भत्ताका नाममा गरिने खर्चको ठूलो ढुकुटी बचाएर जनसेवामा लगाउनुपर्ने धारणापनि व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।