
कार्तिक ८ जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको छेडागाड नगरपालिका–३ को दशेरा जाजरकोट अस्पताल डाँडामा खसेको सुख्खा पहिरोका कारण ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको हो । घट्नामा दुई जना घाइते भएका छन् ।
घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल रहेका छन् । त्यस्तै घटनामा घाइते हुनेमा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।