कार्तिक ८ सुर्खेत । कोरोना भाइरस (कोभिड– १९) का लक्षण सहितका बिरामीको कर्णाली प्रदेश सरकारले निःशूल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।
सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला शनिबार बसेको प्रदेश सरकारको बैठकले यस्तो निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को बसेको बैठकले प्रदेशमा लक्षण सहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय भएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।