आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीका र जमरा ग्रहण गरेर मनाईदै


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित




नेपालीको महान चाड बडादशैको आज मुख्य दिन अर्थात बिजयादशमी, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाईदैछ । घटस्थापनाको दिनदेखि शुरु भएको दशैंको मुख्य दिन आफू भन्दा ठूला बडाको हातबाट टीका, जमरासहित आशिष लिने चलन रहिआएको छ ।
यसअघिका दशैंहरुमा घर परिवारबाहेक अन्य आफन्तकोमा पनि टीका लगाउन जाने गरिन्थ्यो । तर विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण उत्पन्न विषम परिस्थितिका कारण सरकार र प्रशासनले घर परिवारमा मात्र दशैं सिमित गर्न आग्रह गरेको छ । उसो त सरकार र प्रशासनले नागरिकको सुरक्षाकै लागि भनेकाले त्यो मान्नु नागरिकको दायित्व मात्र नभई आफ्नै स्वास्थ्य सुरक्षाका लागिपनि हितकर हुन्छ ।

आज टीकाको उत्तम साईत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्वपी उत्तम साईतपछि दिनभरी नै टीका लगाउन मिल्ने समितिले स्पष्ट पारेको छ ।

नेपालमा केहि स्थानमा आज बिजयादशमीको दिन मात्र टीका लगाउने चलन रहेको छ भने कहिंकहिं कोजाग्रत पूर्णिमाको दिनसम्मै टीका लगाउने चलन छ । खासगरि टाढा टाढा आफन्त भएकाहरुले कोजाग्रत पूर्णिको दिनसम्मै टीका लगाउँछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।