प्रधानमन्त्रीले लगाए राष्ट्रपतिको हातबाट टीका


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका छन् । उनले आज दिउँसो शितल निवासमा गई राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाई दिएका थिए । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलेपनि राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीले घरमा भने टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापा रहेकाले ओलीले टीका नलगाएका हुन् । प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई भने टीका लगाईदिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।