चर्चित हास्य कलाकार गजुरेललाईपनि कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित




हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । सयौं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेता, राष्ट्रपति, प्रधानमन्त्रीको जीवन्त क्यारिकेचर गरेर चर्चा कमाएका गजुरेललाई सोमबार कोरोना संक्रमण पुष्टी भएको हो । गजुरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् ।

फेसवुक स्टाटसमा उनले लेखेका छन्,‘विहीबार सामान्य टाउको दुख्यो, शुक्रबार ९८ डिग्री ज्वरो आयो, शनिबार ढाड दुखाई महशुष गरेँ, त्यसपछि आईतबार पिसीआर टेस्ट भयो र आज सोमबार कोभिड पोजिटिभ भनेर रिपोर्ट आएको हो ।’

उनले आफूसँगै दाजुलाईपनि कोरोना संक्रमण भएको बताएका छन् । तर परिवारका अन्यलाई भने संक्रमण नभएकाले आफूहरु छुट्टै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् । उनले चाँडै कोरोनालाई जितेर आउने दृढ विश्वास व्यक्त गर्दै अन्यलाई पनि शतर्कता अप्नाउन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।