नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री धर्मराज अधिकारीलाई कोरोना संक्रमण भएको छ । पुराना यातायात व्यवसायीसमेत रहेका रेडक्रस कास्कीका महामन्त्री अधिकारीले आफूलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको एभरेस्ट आवाजलाई जानकारी दिए ।
‘रेडक्रसका कर्मचारी तथा चालकहरुलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर टेस्टका लागि स्वाब दिएको थिएँ, मेरोपनि पोजटिभ देखियो’–उनले भने ।
अधिकारीले आफूलाई कुनैपनि लक्षण नरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । अहिले आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई शतर्कता अप्नाउन आग्र गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।