
पोखरामा ७९ जनासहित गण्डकी प्रदेशमा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार गरिएको कोरोना परीक्षण पिसीआर टेस्टमा पोखरामा ७९ जना तथा नवलपुर, गोरखा र तनहुँमा १९ गरि कुल ९८ जना कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउँसो १२ः१५ बजे सार्वजनिक गरेको विवरण अनुसार पोखरा १ मा २६, ४५, ३२ र ३२ वर्ष उमेरका ४ जना पुरुष कोरोना संक्रमित भएका छन् । त्यस्तै, पोखरा ६ मा ६ पुरुष र २ महिलासहित ८ जना संक्रमित भएका छन् । पोखरा ६ मा २९, ३८, २७, ३७, २७, ३०, २३, २३ र २८ वर्षि पुरुष तथा २० र १७ वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी पोखरा ३० का २ पुरुष ५१ र २६ तथा ३ महिला ३३, ३५ र २३ वर्षिया संक्रमित भएका छन् । पोखरा २७ का ८ पुरुषहरु ४०, ६१, २४, ३८, १५, १३, ६३ र ४० तथा ४ महिलाहरु ५९, ६१, ३६ र ६३ वर्षि संक्रमित भएका छन् । पोखरा ९ का १३ महिलाहरु ३०, २५, ४०, ४३, ४४, ४०, ३७, ४६, ४५, ३३, २६, ३२ र २८ एवम् एक २० वर्षिया युवती संक्रमित भएकी छन् ।
पोखरामा वडा नखुलेका ९ जना महिलाहरु २४, २५, २३, ३०, २८, २७, ४१ र २४ वर्षिय पुरुष संक्रमित भएका छन् । पोखरा १३ मा ५३ वर्षिया महिला संक्रमित भएकी छन् भने पोखरा १० मा ३ पुरुषहरु ४६, ३२ र १६ वर्षिय तथा २० वर्षिया युवती संक्रमित भएका छन् । पोखरा २६ मा एक १५ वर्षिय युवक र ३३ वर्षिया एक महिला, पोखरा १७ मा ४२ वर्षिय पुरुष र ३८ वर्षिया महिला, पोखरा १४ मा ४ पुरुषहरु ३०, १७, ४७ र ३६ वर्षिय तथा एक ३६ वर्षिया महिला संक्रमित भएका छन् ।
पोखरा २१ म २ पुरुषहरु ११ र २४ वर्षका तथा २१ व्र्षिया महिला, पोखरा ३१ म ३० वर्षिय पुरुष र ३१ व्र्षिया महिला, पोखरा ४ मा ३१ वर्षिय पुरुष र पोखरा ५ मा २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यसैगरी स्वास्थ्य निर्देशनालयले आज विहान १०ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार नवलपुरको गैंडाकोट १५ मा १ महिला, गैंडाकोट १ मा १ पुरुष, १ महिला, गैंडाकोट ५ मा १ पुरुष, गैंडाकोट १० मा १ पुरुष, नवलपुरको देबचुली ११ मा १ पुरुष, देबचुली १७ मा ३ महिला, देबचुली १६ मा ३ पुरुष, देबचुली १३ मा १ पुरुष, देबचुली १४ मा १ महिला, कावासोती १३ मा १ पुरुष, कावासोती ८ मा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी तनहुँको भानु नगरपालिका ३ मा १ पुरुष, भानु ११ मा १ पुरुष तथा गोखराको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ मा १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।