दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा पर्यटकीय गाउँ पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।
गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो ।
स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनीगाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ ।
उहाँका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।