पोखरा महानगरपालिकाको कार्यालय बिहीबारदेखि खुल्ने भएको छ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको आज बुधबार बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।