कार्तिक १२ पोखारा । बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि हुनेमध्य सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका ९८ जना छन् । यस्तै नवलपुरमा १६, तनहँुका १४, स्याङ्जाका १३, गोरखाका ११, बाग्लुङका २ र मुस्ताङका एक जनामा कोरोना संक्रमण भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९४५ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






