फाइल तस्विर
गण्डकी प्रदेशमा कोरोनाले १९ वर्षिया युवतीको मृत्यू भएको छ । चितवनको भरतपुर अस्पतालको आईसियुमा उपचाररत गोरखा जिल्ला बारपाक सुलिकोट १ घर भएकी युवतीको उपचारका क्रममा बुधबार दिउँसो पौने ४ बजे मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी नवलपुर जिल्ला गैंडाकोट २ का ५४ वर्षिय कोरोना संक्रमित पुरुषको पनि मृत्यू भएको छ । उनकोपनि चितवन मेडकल कलेजको आईसियमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ७० पुगेको छ । यसअघी ६८ जनाको कोरोनाले मृत्यू भइसकेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।