पोखरामा कुटपिटबाट एकको अवस्था गम्भीर


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

कार्तिक १२ पोखरा । पोखरामा दुई जनाविचको झगडा एक्कासी कुटाकुटमा परिणत भएपछि एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार राती ११ः४५ बजे पोखरा महानगरपालिका–९ शिवटोलका वर्ष ३० का अमित गुरुङ र वर्ष १८ का निखिल खड्का विच आपसमा झै–झगडाका क्रममा निखिलले अमितलाई नाम नखुलेको बस्तुले टाउकोमा प्रहार गर्दा अमित घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । घाइते अमितको टाउँको र घाँटीमा चोट लागेको छ ।

उनलाई गम्भीर अवस्थामा उपचारका लागि पोखराको मणिपाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुबैजनाले मदिरा सेवन गरी आपसमा झै–झगडा गरेको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।