विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजार


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजार बढी पुगेको छ ।

विश्वभर कोरोनाभाइरस संक्रमित थपिदै जाँदा बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजारको हाराहारीमा पुगेको हो ।

वल्र्डाे मिटर्सको तथ्यांकमा जनाइएअनुसार हालसम्म विश्वमा ११ लाख ७३ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ३ करोड २५ लाख २० हजारको हाराहारीमा संक्रमित निको भएको वल्र्डो मिटरले जनाएको छ । विश्वमा अझैपनि १ करोड ६७ लाखको हाराहारीमा सक्रिय संक्रमित रहेको वल्र्डो मिटरको तथ्यांकमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।