नेपाली सञ्चारकर्मका चर्चित सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई नै कोरोना संत्रमण भएको छ । लामिछानेले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू र आफ्नी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । लामिछानेकी श्रीमती नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन् ।
लामिछानेले केहि आफ्नै लापरवाही र केहि पेशागत क्रियाकलापमा खटिदा समंक्रमण भएको हुनसक्ने बताएका छन् । उनले मंगलबार रातीदेखि हल्का ज्वरो आएपछि बुधबार पिसीआर टेस्ट गर्दा विहीबार विहान रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् ।
उनले घरमा आफूहरु दुई जना श्रीमान श्रीमती मात्र भएकाले होम आइसोलेसनमा बसेको जनाउँदै अन्यलाई लापरवाही नगरि सतर्कता अप्नाउन आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।