डा बाबुराम र खगेन्द्र संग्रौलाको सामाजिक सञ्जालमा जुहारी


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित





पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई र विश्लेषक खगेन्द्र संग्रौंलाको सामाजिक सञ्जाल ट्वीटरमा जुहारी चलेको छ ।

बाबुरामले आज (बिहीबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले घुमाउरो पाराले भारतका गुप्तचर प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष मुकुन्द नरभाणेको आगामी दिनमा हुन लागेको नेपाल भ्रमणलाई स्वागत गर्दै उनले जायज मानेको संकेत गरेका छन् ।

उनले विभिन्न देशबाट हुने राजनीतिक र अन्य भ्रमणलाई जायज रहेको सामाजिक सञ्जालमा ट्वीट गरेका छन् । शक्तिराष्ट्रबाट भ्रमण नहुने हो भने नेपाल विश्वक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने उल्लेख गरेका छन् ।

बाबुरामले भनेका छन् ‘तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् ।’

उनले लेखेका छन्, ‘अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्वक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु । हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने, तर हामीकहा ‘खै, तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् ।’

कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेका बेला बिहीबार बिहान सामाजिक सञ्जालमा बाबुरामले यस्तो प्रतिक्रिया लेखेपछि डा बाबुरामको उक्त ट्वीटप्रति राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘डा.बाबुराम भट्टराई ‘रअ’ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने ! अनि यता बाबुराम आइसोलसनमा,उता सामन्त आइसोलेसनमा । देहमा भाइरस सल्काइनु सामान्य कुरा हो,दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो !’

आफ्नो व्यक्तिगत धारणासहितको ट्वीटप्रति राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले गरेको ट्वीटप्रति डा बाबुरामले यस्तो जवाफी ट्वीटे जवाफ दिएका छन् ।

‘खगेन्द्र सककग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य र न्याय,बुद्धि र विवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।