कार्तिक १३ पोखरा । बिहीबार नेपालमा थप २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९७६९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणको पुष्टि हुनेमध्य १३८० पुरुष हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






