नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले पर्सा हत्याकाण्डका हत्यारालाई राजनीतिक संरक्षण नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । सहसंयोजक तामाङले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा पर्सा जिल्ला कमिटी सदस्य तथा विन्ध्यबासिनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको अत्यन्त पासविक, बर्बर क्रुरतापूर्वक हत्या भएको भन्दै त्यसमा संलग्न अपराधीलाई राजनीतिक संरक्षण नगर्न चेतावनी दिएका हुन् । उनले दोषीलाई अविलम्व कानूनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।
सह-संयोजक तामाङले घटना भएको एक हप्ता बितिसक्दापनि प्रशासनले जाहेरीसम्म दर्ता गर्न ईन्कार गरिरहेको परिदृश्यले घट्नालाई थप रहश्यमय बनाएको उल्लेख गरेका छन् । साथै उनले चौरसियालाई सहिद घोषणा गर्नपनि माग गरेका छन् ।
संयोजकले विज्ञप्ती जारी गर्नुपर्ने भएपनि विहीबार जारी विज्ञप्तीमा सहसंयोजक तामाङको मात्रै हस्ताक्षर रहेको छ । यसले चौरसिया हत्याका बारेमा संगठनको बुझाईसमेत मतभिन्नता रहेको विश्लेषण गरिएको छ ।
चौरसियाको हत्यारालाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत दोषीमाथि कार्वाही गर्न माग गर्दै विज्ञप्ती निकालेका थिए । आफ्नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा सरकार रहेका बेला नेकपाकै कार्यकर्ता मारिदा अर्का अध्यक्ष प्रचण्ड र संगठनका सह-संयोजक तामाङलगायतले लगातार विज्ञप्ती जारी गर्दै दोषीमाथि कार्वाहीको माग गर्नु परिरहेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा…






