कार्तिक १३ जनकपुर । शुक्रबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइने भएको हो ।
आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






