कार्तिक १४ पोखरा । कास्की सहित गण्डकीका ५ जिल्लाका थप ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो १ः १५ बजे एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो ।
थपिनेमा कास्कीका ३५ जना, स्याङ्जा र तनहुँका २–२ जना, बाग्लुङ र म्याग्दीका १–१ जना छन् ।
कास्कीका संक्रमित सबै पोखरा महानगरका हुन् । यस्तै स्याङ्जाको भिरकोट र वालिङका १–१ जना, तनहुँको शुक्लागण्डकीका एक जना र अर्का एक जनाको पालिका खुल्न सकेको छैन । भने बाग्लुङ नगरपालिकाका एक जना र म्याग्दीको संक्रमितको पालिका खुलाइएको छैन् ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको ७ हजार २८१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।