नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पु¥याउने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद व्यक्त गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






