यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीमा कार्यरत एक जना कर्मचारीलाई विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) भएपछि शुक्रबार कार्यालयको काम प्रभावित भएको छ । पोखराको पृथ्वीचोकस्थित कार्यालयले एक सूचना निकाल्दै शुक्रबार कार्यालय बन्द गरेको जनाएको हो ।
सूचनामा आईतबार कार्यालय खुल्ने वा नखुल्नेबारे प्रष्ट पारिएको छैन । सूचनामा भनिएको छ,‘आउँदो आईतबार अर्को सूचना प्रकाशित हुने गरी आज शुक्रबार नामसारी सम्बन्धि कार्य बन्द गरिएको सरोकारवाला सबैमा जानकारीका लागि हार्दिक अनुरोध छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






