तनहुँमा भएको सडक दुर्घटनामा एकको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

कार्तिक १४ पोखरा । तनहुँमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराती तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

विहीबार राती ११ बजे आबुँखैरेनीबाट डुम्रेतर्फ आइरहेको प्रदेश ३ (०२(१३ प २१०६ न।को मोटरसाईकल सोही ठाउँमा रोकी राखेको ना ५ ख ८८९२ नं।को ट्रकमा ठक्कर खाँदा आँबुखैरेनी गाउँपालिका –४ भागेका वर्ष १९ का अन्जन सुनार घाईते भएका सुनारको हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचारका क्रममा शुक्रबार बिहान १.५० बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।