पर्वतको सदरमुकाम कुस्मा बजार क्षेत्रमा एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले शुक्रबार राती १२ बजेदेखि कात्तिक २१ गते राती १२ बजेसम्म कुस्मा बजार क्षेत्रमा पर्ने कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडा क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमितको संख्या बढेको, कोरोनाकै कारण मान्छेको ज्यानसमेत जान थालेको र बढ्दो जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाएको उल्लेख गरेका छन् । उनले कात्तिक १३ गते बसेको जिल्लास्थित कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र, राजनीतिक दलका प्रतिनिधिहरु र सरोकारवालाहरुको बैठकले सदरमुकाम क्षेत्रमा पर्ने कुस्मा नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ का वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संस्था तथा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालनमा रोक लगाइएको जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।