गण्डकीमा अहिले सम्मकै धेरैमा संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




कार्तिक १४ पोखरा । पोखरामा शुक्रबार एकै दिन १८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्की सहित प्रदेशका ९ जिल्लाका २६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३४ जनामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । उनीहरुमध्य १७९ जना पुरुष हुन् भने ९० जना महिला छन् ।

निर्देशनालयका अनुसार कास्कीमा १८३, नवलपरासीमा २७, तनहुँमा २१, पर्वतमा १०, बाग्लुङमा ९, स्याङजामा ७, लम्जुङ, गोरखा र म्याग्दीमा ४-४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । शुक्रबार थपिएका संक्रमित सहित गण्डकीमा जम्मा संक्रमितको संख्या सात हजार ३१६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४२२१ पुगेको छ । भने कोरोना कारण थप ३ जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

प्रदेशमा हाल ३०२० जना सक्रिय संक्रमित रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।