
फाइल तस्विर
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको सम्वादहीनतामा आईसब्रेक भएको छ । नेकपा अध्यक्ष द्वयबीच शनिार भेटवार्ता भएको हो । प्रचण्ड र ओलीबीच करीब १० दिनदेखि हुन नसकेको सम्वाद शनिबार दिउँसो तोडिएपनि समस्या समाधान भने हुन नसकेको नेकपा श्रोतहरुले जनाएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड दिउँसो १ः१५ बजे बालुवाटार पुगेका थिए । एक हप्तादेखि ओलीले प्रचण्डलाई भेट्नका लागि आग्रह गर्दै आएका थिए । उनले दुई अध्यक्ष मिल्नुको विकल्प नभएको भन्द्र प्रचण्डलाई मनाउनका लागि आफ्ना दूतहरु पठाएका थिए । ओलीले आफ्ना विश्वास पात्र भनिएका शंकर पोखरेल, सुवास नेम्वाङलगायतलाई प्रचण्ड निवास खुमलटार पठाएर दवाब बढाएका थिए । तर प्रचण्ड भने समस्या ज्यूँका त्यूँ रहनेगरी दुई अध्यक्ष मात्र भेट्नुको अर्थ नरहने भन्दै ओलीलाई भेट्न अस्वीकार गर्दै आएका थिए ।
शनिबार भने ओलीलाई भेट्न पुगेका प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव ओलीसमक्ष गरेका छन् । उनले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेट, कर्णाली प्रदेश पार्टी कमिटीमा देखिएको समस्या, पर्सा हत्याकाण्ड, मन्त्री परिषद पुर्नगठन, राजदुत नियुक्ती लगायताबारे छलफल गर्नका लागि सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा ओली सकारात्मक देखिएनन् । उनले प्रचण्डको प्रस्तावप्रति एस वा नो केहि नभनी भेटवार्ता टुंग्याएको श्रोतको दाबी छ । तर ओली पक्षका नेताहरुले भने सचिवालय बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक रहेको दाबी गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।