उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक स्थित मणिकाम देवी मा.वि.मा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु गरिएको छ । गत बर्ष अध्ययन अध्यापनको अनुमति पाएको उक्त विद्यालयले कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण बिषय पठनपाठन गर्न थालेको हो । कक्षा ११ मा अनिवार्य बिषय बाहेक ४ वटा ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको छ ।
यस अघि मनोविज्ञान,शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुदै आएको उक्त विद्यालयमा अब बिद्यार्थीहरुले पर्यटन र पर्वतारोहण बिषय पनि अध्ययन गर्न पाउने छन् । यसै बर्ष देखि शुरुवात गरिएको पर्यटन र पर्वतारोहण बिषय तर्फ विद्यार्थीको अकर्षण समेत बढेको विद्यालयका प्र.अ. धन बहादुर गुरुङले जनाकारी दिए । उनका अनुसार पहिलो बर्ष अहिले कक्षा ११ मा पर्यटन र पर्वतारोहण बिषय अध्ययन गर्ने विद्यार्थी ४३ जना छन् ।
पठनपाठनलाई प्रभावकारी बनाउन उक्त विद्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान बिच सम्झौतासमेत भएको छ । पर्यटन र पर्वतारोहण बिषय अध्ययन अध्यापन गराउन दक्ष अनुभवी प्रशिक्षक तथा पाठ्यक्रम र अध्ययन सामाग्री र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने छ । अध्ययन अध्यापनको सबै प्रबन्ध भने विद्यालयले मिलाउनेछ ।
पर्यटन र पर्वतारोहण बिषय मास्टर डिग्री सम्म उक्त स्थानमा पठनपाठन गराउने गाउँपालिकाको तयारी छ । विद्यालयमा सैद्धान्तिक पठनपाठनले मात्र उपलब्धि हासिल गर्न नसकेको वर्तमान अवस्थामा उक्त विद्यालयले भने प्रयोगात्मक रुपमै रक क्लाईम्बिङ, क्यानोनिङ, हिलक्लाईम्बिङ जस्ता प्रक्टिकल्ली संरचना तयार पारेर पर्यटन र पर्वतारोहण बिषय सञ्चालन गरेको छ ।
पर्यटन र पर्वतारोहण बिषय औपचारिक पठनपाठनको शुरुवात गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा तालिमको रुपमा प्रशिक्षण दिने गरेको भएपनि पर्यटन र पर्वतारोहणको पठनपाठन विद्यालय तहमा नभएको बताउदै उक्त विद्यालयल गण्डकी प्रदेशकै उदाहरणिय बनेको बताए । साहसिक पर्यटनको बिषयमा धेरैलाई ज्ञान नहुँदा यसको प्रवद्र्धन हुन नसकेको र नजानेरै प्रयास गर्दा ज्यान समेत जाने गरेको हुदाँ अब विद्यालयले त्यस्तो हुन बाट जोगाउने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश साहसिक पर्यटनका हिसाबले अत्यान्तै महत्वपूर्ण प्रदेश भएको चर्चा गर्दे मन्त्री लम्सालले साहसिक पर्यटनको क्षेत्रमा लगानी समेत बढेको हुदाँ अन्य विद्यालयहरुमा पनि यस्तो किसिमको पढाई सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले पर्यटन सँग सम्बन्धीत पढाई हुने देशका विभिन्न कलेजसँग समन्वय गरेर स्थानिय विषय समेत समावेश गरी पठनपाठन सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको बताए । उनले शिक्षा ब्यबहारिक हुन आवश्यक रहेको बताउदै शिक्षालाइ उत्पादनसङ्ग जोड्नुपर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







