कार्तिक २२ पोखरा । कोरोना संक्रमणबाट पोखराको फेवासिटी अस्पतालमा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ ।
गत कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएकी स्याङ्जाको पुतलीबजार–८ की ७३ वर्षिया महिलाको आज (शनिबार) उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ ।
यस अघि पोखरा–१७ की एक महिला र नवलपुरको गैंडाकोटका एक गरि दुई जना संक्रमितको संक्रमणबाट मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत अध्यावधीक गराएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।