गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङद्वारा तिहारको शुभकामना व्यक्त


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




तिहार पर्व, २०७७ को अवसरमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा स्वदेश तथा विदेशमा रहेका संपूर्ण नेपाली दाज्यूभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङले आफ्नो शुभकामना मन्तव्यमा भनेका छन्, ‘तिहार पर्व, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

कोभिड–१९ को सन्दर्भमा उत्सव मनाउँदा सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्।

‘कोभिड–१९ का सन्दर्भमा सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७ को पूर्ण पालना गरी मनाउन, संपूर्ण दिदीवहिनी तथा दाजुभाईमा हार्दिक अपिल गर्दछु,’ शुभकामना मन्तव्यमा भनिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।