स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् ।
यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी ४ भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ।
शब्दकोशमा ४ वटै भाषाका गरी ४ लाख शब्दको अर्थ समावेश गरिएको छ।
शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ।
यसैगरी, वेबसाइटमा केएन स्वामी डटकममा गएपछि ४ भाषाका करिब ४ लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिएका छन्।
यी ४ भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ ।
एउटा शब्दको ४ वटै भाषाका अर्थ थाहा पाउन सकिनेछ।
शब्दकोशमा संस्कृतबाट नेपालीका १ लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अंग्रेजीका ५० हजार गरी ४ लाख शब्द सामावेश गरिएको छ।
स्वामी केशवानन्दका अनुसार धातु र त्यसको कृदन्त रूप ५० हजार गरी ४ लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






