पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।
जेसीआई नेपालको आयोजनामा तथा जेसीआई पोखरा लेडीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा संस्थागत क्षमता सुदृढीकरणको क्षेत्रमा महत्त्वपूर्ण सन्देश दिएको बताईएको छ ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले महिला नेतृत्व विकासलाई संस्थाको प्राथमिकतासँग जोड्दै सक्षम महिला नेतृत्व नै समुन्नत समाज निर्माणको महत्त्वपूर्ण आधार भएको बताए ।उनले महिलाहरूलाई नेतृत्वका अवसर प्रदान गर्नुका साथै निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने स्पष्ट पारे ।
राष्ट्रिय अध्यक्ष कार्कीले जेसीआई नेपालको ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गतको ‘Aim • Act • Achieve’ को मूल भावनालाई आत्मसात् गर्दै एकेडेमीबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यक्तिगत जीवन, शाखा तथा समुदायको विकासमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे । कार्यक्रमको आतिथ्य शाखाका रूपमा जेसीआई पोखरा लेडीले गरेको व्यवस्थापन, समन्वय र आतिथ्यले एकेडेमीलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। विभिन्न शाखाबाट सहभागी महिला सदस्यहरूलाई नेतृत्व क्षमता अभिवृद्धि, प्रभावकारी सञ्चार, आत्मविश्वास विकास, सामूहिक कार्य तथा संस्थागत जिम्मेवारीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
महिला सदस्यहरूलाई सक्षम, आत्मविश्वासी र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्ने लक्ष्यसहित सञ्चालन गरिएको एकेडेमीले सहभागीहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र नेतृत्वदायी भूमिकामा अघि बढ्ने प्रेरणा प्रदान गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।…







