ग्लोकल टिन हिरो २० अन्डर २० मा उत्कृष्ट २० किशोर–किशोरी छानिए


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




छैटौं संस्करणको वाईवाई ग्लोकल टिन हिरो २० अन्डर २० मा उत्कृष्ट २० युवा युवती छानिएका छन्।

वाईवाई ग्लोकल टिन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरिएको हो।
यसअघि, प्राप्त ६ सय ४ आवेदनमध्येबाट प्राप्त उत्कृष्ट २० छनोट गरिएको हो। जसलाई ‘ग्लोकल २० अन्डर २०’ नाम प्रदान गरिएको छ।

किशोर–किशोरीमा भएको क्षमता र उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई प्रस्फुटन गरी त्यसलाई कदर र अरु माझ चिनाउने उद्देश्यका साथ ‘वाईवाई ग्लोकल टिन हिरो नेपाल’ आयोजना हुँदै आएको छ ।

२० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरु समेटेर यस वर्षको ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरिएको हो।

कोभिड १९ का कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत पुरस्कृत गरिने उल्लेख गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।