विन्ध्यवासिनी मावि शिक्षक अभिभावक संघको अध्यक्षमा पौडेल


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यबासिनी माविमा शनिबार भएको अभिभावकहरूको भेलाले भिमप्रसाद पौडेलको अध्यक्षतामा ६ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ
समितिको सदस्यमा गीता रेग्मी, विस्णुकुमारी अर्याल, शोभा पौडेल, बलराम थापा र ढाकामोहन अधिकारीलाइ चयन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अधिकारी थापाले विद्यालयको भौतिक पूर्वाधार विकास र गुणस्तरिय शिक्षाका लागि सबै पक्षको भूमिका महत्वपुर्ण हुने बताए ।
संघका निवर्तमान अध्यक्ष शिवराम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ बञ्जारा, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले सबैको मेहनतका कारण विद्यालय गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएको बताए ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष पौडेलले विद्यालयको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कोरोना का कारण भौतिक दुरी सहित सुरक्षा का उपाय अवलम्बन गरिएको विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि विद्यालय व्यवस्थापन समितिको सदस्य थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।