संचार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ।
मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो ।
मन्त्रीस्तरको मंसिर २२ गतेको निर्णयअनुसार सुचना तथा प्रशारण विभागका महानिर्देशकमा निहित उक्त अधिकार सवै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको उल्लेख छ।
अव सवै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयहरुबाट प्रेस प्रतिनिधि प्रमाण पत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सेवा प्रवाह हुनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि…





