गण्डकी प्रदेशमा ४६४ जना आइसोलेसनमा, तीन जिल्लामा कोरोना संक्रमित शून्य


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४६४ रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयले शुक्रबार अपरान्ह कोभिड–१९ सम्बन्धि गण्डकी प्रदेशको विवरण अध्यावधिक गर्दै यस्तो जानकारी गराएको हो ।

निर्देशनालयका अनुसार सक्रिय संक्रमितमध्ये ४३८ जना होम आइसोलेसनमा छन् । निर्देशनालयका अनुसार कास्कीमा ३१९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । यस्तै लमजुङमा २९, तनहुँमा ३३, नवलपुर वर्दघाट सूस्ता पूर्वमा १६, स्याङ्जामा १२, पर्वतमा ११, बाग्लुङमा ३०, म्याग्दीमा १४ जना आइसोलेसनमा छन् ।


तीन जिल्लामा संक्रमित शून्य :
गण्डकी प्रदेशका तीन जिल्लामा कोरोना भाइरसका कुनैपनि सक्रिय संक्रमित नरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका गोरखा, मनाङ र मुस्ताङमा कोरोना संक्रमित शून्य रहेको निर्देशनालयद्वारा आज जारी विवरणमा उल्लेख गरिएको छ ।

गोरखामा कोरोना भाइरस संक्रमण पुष्टि भएका ८४१ जनामध्ये ८३२ जना कोरोनामुक्त र ९ जनाको मृत्यु भएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य भएको हो ।

यस्तै मनाङका २० जना संक्रमित मध्ये सबै कोरोनामुक्त भएका छन् । मुस्ताङका ३२ जनाले कोरोना जितेसंगै मुस्ताङपनि कोरोनामुक्त जिल्ला भएको हो ।

शुक्रबार थप ७३ जनामा कोरोना संक्रमण :

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६ जिल्लाका ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा ४५७ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ५०, बाग्लुङका १०, तनहुँ, पर्वत र म्याग्दीका ४–४ जना र लमजुङका एक जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सोही अवधीमा ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकी प्रदेशभर कोरोना भाइरसमुक्त हुनेको संख्या १४ हजार ६७१ छ । हालसम्म प्रदेशभर १५ हजार ३३८
जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण २०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै पोखराकी एक यूवतीको मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।