समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा यही पुसदेखि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करिब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका छन् ।
स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच आज महिला स्वास्थ्य स्वयं सेविका मधुमाया पन्थीले हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा प्रमुख अतिथि एवम् शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज पहुँचका लागि सेराबेसीमा विशेष स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए।
केन्द्रबाट हाल हप्तामा दुई पटक सेवा प्रवाह भैरहेको बताउँदै उनले आगामी दिनमा यहाँबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। केन्द्रबाट प्रत्येक हप्ताका सोमबार र बिहीबार एक जना अहेब तथा एक जना अनमीले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।
शिवशक्ति महिला समूहका अध्यक्ष अनिशा भुजेलको सभापतित्व एवं नरेशचन्द्र भण्डारीले सञ्चालनमा गरेको कार्यक्रममा वडा सदस्य सुशिला कमर, स्वास्थ्य चौकी इन्चार्ज रियाद अन्सारी, नेपाली काँग्रेसका नेता खेमराज अधिकारीलगायतले बोलेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा संगीत साधक पुर्ण नेपालीलाई यस बर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार…







