शिशिर उजाड
पोखरा
संगीत साधक पुर्ण नेपालीलाई यस बर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान, पोखराले स्थापना गरेको सो पुरस्कार पोखरेली सर्जक नेपालीलाई गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप प्रदान गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । प्रत्येक दुई दुई बर्षमा नेपाली लोक साहित्य र संगीतमा योगदान पुर्याउने स्रस्टालाई नगद ५५ हजार ५५५, सम्मानपत्र र दोशल्ला प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । संस्थाद्वारा संचालित अन्य पुरस्कारका सम्मानित स्रष्टाको पनि घोषण गरिएको छ । चेतबहादुर बरुवाल स्मृति लोक साहित्य पुरस्कार संस्कृतिकर्मि सुनिल उलक र शुक्ला बाल साहित्य गौरव पुरस्कार कवि दिनेश बस्नेतलाई प्रदान गरिने सचिव रामप्रसाद पौडेलले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी नगद १५ हजार ५५५, सम्मानपत्र र दोशल्ला छ भने बाल साहित्य पुरस्कारको राशी नगद ११ हजार १११ साथमा दोशल्ला र सम्मानत्र प्रदान गरिनेछ । त्यस्तै प्रतिष्ठानद्वारा संचालित मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार समाजसेवी स्वर्गीय गोविन्दबहादुर खत्री क्षेत्रीलाई मरणोप्रान्त प्रदान गरिने जनाईएको छ ।

मंसिर २० गते प्रदान गरिने पुरस्कारको राशी नगद २५ हजार ५५५, सम्मानपत्र र दोशल्ला रहेको छ । अन्य पुरस्कार भने प्रतिष्ठानको स्थापना दिवसका अवसरमा कार्तिक २२ गते अर्पण गरिने संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिईन् । संस्कृतिकर्मि एवं प्रतिष्ठानका पुर्व अध्यक्ष रामबहादुर बानियाँ र कुलबहादुर खत्रीको संयोकत्वमा गठित समितिले स्रष्टा छनोट गरेको हो । समितिले गरेको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी नाम सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै स्रष्टा छनोट समितिका संयोजक बानियाँले पुरस्कार छनोटको कार्यविधि अनुसार नै स्रष्टा छनोट गरिएको बताए । उनले नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा आफ्नो जीवन नै व्यतित गरेका व्यक्तिहरुलाई नै थप प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको बताए । प्रतिष्ठानका अध्यक्ष गौतमले स्थापनाकाल देखि नै संस्थाले लोक साहित्यको श्रीवृद्धि गर्दै आईरहेको बताउँदै, यसको विकासमा पुस्तान्तरणको अवधारणा समेत अघि सारेको प्रष्ट पारिन् । उनले घोषित स्रष्टाको सम्मानले प्रतिष्ठान नै सम्मानित हुने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा प्रतिष्ठानले थप २ वटा पुरस्कारको कार्यविधि निर्माण गरिरहेको जानकारी दिईयो । प्रतिष्ठानले संचालन गर्ने गरी ज्ञानु नरहरि साहित्य पुरस्कार र सावित्रि धर्मराज नारी प्रतिभा पुरस्कारको तयारी भईरहेको सहसचिव संजय थापाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले छिट्टै साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गर्ने तयारी समेत गरिरहेको छ । प्रतिष्ठानका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव संजय थापाले गरेका थिए । प्रतिष्ठानले यही कार्तिक २२ गते बिभिन्न कार्यक्रमका बिच ३८ औं स्थापना दिवस मनाउने तयारी गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा संगीत साधक पुर्ण नेपालीलाई यस बर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार…







