पोखरा र थाइल्याण्डका उद्योगी/व्यवसायीबीच व्यावसायिक साझेदारी र सहकार्य तथा द्विपक्षीय लगानी वृद्धि गर्ने सहमति बनेको छ ।
थाइल्याण्डको उद्योग मन्त्रालयका सल्लाहकार दीपेन्द्र देसार नेतृत्वको प्रतिनिधिमण्डलसँग बिहीबार पोखरा उद्योग वाणिज्य संघमा भएको वृहत छलफल र अन्तक्र्रियापछि सो सहमति जुटेको हो । नेपाली मुलका देसार थाइल्याण्डमा सूचना प्रविधि,पर्यटन तथा आयात–निर्यात व्यवसायमा संलग्न रहेका छन् । लामो समयदेखि थाइल्याण्ड बस्दै आएका देसारले पोखराका उद्योगी÷व्यवसायीलाई थाइल्याण्डको बजारसम्म पुग्ने पुलको काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।थाइल्याण्डको प्रतिनिधिमण्डलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले थाइल्याण्डमा रहेका साना तथा मझौला व्यवसायीका उत्पादनहरु नेपाली बजारमा ल्याउने गरी व्यावसायिक साझेदारी निर्माण,नेपाली उत्पादनको थाइल्याण्डमा थप बजारको खोजीका निम्ति पोखरा उद्योग वाणिज्य संघले सहकजीकरण गर्ने बताइन् ।
अध्यक्ष गौतमले नेपालले थाइल्याण्डमा हालसम्म गलैंचा,मासु,स्टेसनरी सामान र कुकुर बिरालोसम्म निर्यात भएको दृष्टान्त दिँदै निर्यात वृद्धिका निम्ति नेपाली उत्पादनको गुणस्तर वृद्धिमा सघाउन थाइल्याण्डको प्रतिनिधिमण्डलसँग आग्रह पनि गरिन् । अन्नपूर्ण पदयात्रा मार्गको प्रस्थान बिन्दु पोखरा र आसपासमा अहिले विश्वप्रसिद्ध होटलका चेनहरु स्थापित भएको बताउँदै अध्यक्ष गौतमले पर्यटन उद्योगमा अग्रणी रहेको थाइल्याण्डका व्यवसायीसँगको सहकार्यमा यहाँ त्यस्ता होटल र रेस्टुरेन्ट खोल्ने वा थाइल्याण्डका व्यवसायीको लागि यहाँ व्यवसाय गर्ने वातावरण निर्माण गर्न पोखरा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताइन् । थाइ प्रतिनिधिमण्डबाट दुई देशका व्यवसायी सहभागी गराउँदै बिजनेस एक्सपोको आयोजना गर्ने प्रस्तावलाई स्वीकार्दै अध्यक्ष गौतमले भनिन्,‘मेला र महोत्सवको जननी पोखरा उद्योग वाणिज्य संघ यस्तो मेला आयोजना गर्न सक्षम र इच्छुक छ । समयले साथ दियो र तयारी पुग्ने अवस्था रह्यो भने आउँदै गरेको हाम्रो मेलाअन्तर्गत नै नेपाल–थाइल्याण्ड बिजनेस एक्सपो समेत आयोजना गर्ने सम्भावनबारे पनि हामी छलफल गर्नेछौँ । ’
सोही कार्यक्रममा मन्तव्य राख्दै थाइल्याण्डको उद्योग मन्त्रालयका सल्लाहकार देसारले आफ्नो भ्रमणको उद्देश्य दीर्घकालीन सम्बन्ध स्थापित गर्नु रहेको बताए । थाइल्याण्ड सरकारको उद्योग मन्त्रालयको सल्लाहकारको रुपमा आफूले नेपाली उत्पादनहरु थाइल्याण्ड पु¥याउन सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले नेपालमा लगानी भित्र्याउने र व्यवसाय प्रवद्र्धन गर्ने अभियानमा नेपाल उद्योग वाणिज्य महासंघले सहजीकरण गर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाको धन्यवाद र उपमहासचिव प्रदीप राजभण्डारीको संचालन रहेको कार्यक्रममा बोल्दै नेसनल हेल्थ फाउण्डेसनका अध्यक्ष प्रकाश रजौरियाले सहकार्यका निम्ति साइत कुर्न नहुने र सानो कामबाटै त्यसको थालनी गर्न सकिने बताए । अन्तरक्र्रिया कार्यक्रममा सहभागी पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले सहकार्यको विविध पक्ष एवं सम्भावनाका क्षेत्रबारे जिज्ञासा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ पुगेका एक पथ…







