पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १२ जनाको आवेदन


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित




पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपकुलपति पदका लागि १२ जनाको आवेदन परेको छ।

प्रतिष्ठानको उपकुलपतिका लागि डा. ध्रुव अधिकारी, डा. भरत खत्री, डा. डुपबहादुर क्षेत्री, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विजय अर्याललगायत १२ जनाको आवेदन परेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो।

मन्त्रालयले फागुन २४ गते उपकुलपति पदका लागि सात दिनको समयावधि राखेर आवेदन मागको सूचना गरेको थियो।

सूचनामा उपकुलपतिका लागि न्युनतम योग्यता चिकित्साशास्त्र विषयमा स्नाकोत्तर उपाधि प्राप्त गरेको तथा कम्तिमा प्राध्यापक अथवा मन्त्रालय सम्बद्ध निकायमा एघारौँ तह बा सो सरह काम गरेको हुनुपर्ने भनिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।