मंगलबार पोखराका ३२ सहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित




पोखरा । पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकाका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले मंगलबार साँझ अध्यावधिक गरेको विवरण अनुसार पोखरा महानगरपालिकाका वडा नं ४, ५, ७, ८, ९, ११, १४, १६, १७, २१, ३० र ३१ का ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै म्याग्दीका पाँच जना र बाग्लुङका एक जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयको विवरणमा भनिएको छ । म्याग्दीमा संक्रमण पुष्टि भएका सबै अन्नपूर्ण गाउँपालिकाका हुन् । भने बाग्लुङको बाग्लुङ नगरपालिकाका एक जना छन् ।

१९२ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।
सोही अवधीमा १३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यो संगै गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ४०७ पुगेको छ । जसमा १५ हजार ९६९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रदेशमा अब २३३ जना आइसोलेसनमा छन् जसमध्य २१५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधि कोभिड–१९ सम्बन्धी विवरणमा जनाइएको छ । कास्कीमा अझै २०४ जना आइसोलेसनमा छन् ।

हालसम्म प्रदेशभर २०५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।
सोमबार पनि कास्कीको पोखराका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।