पोखरा महानगरपालिका–१९, घार्मीस्थित लामाचौर स्वास्थ्यचौकीको रजत जयन्ती तथा नव निर्मित भवन उद्घाटन मूल समारोह समितिको मंगलबार समीक्षा बैठक बस्यो।
बैठकले गत फागुन महिनाको २१ गते सम्पन्न कार्यक्रमको आय–व्यय विवरणसमेत प्रस्तुत गरेको थियो।
कार्यक्रममा लेखा उपसमिति संयोजक तेजेन्द्र पौडेलले प्रस्तुत गरेको खर्च विवरण २ लाख, १७ हजार ५ सय २७ को लेखा प्रतिवेदनलाई बैठकले पारित गरेको थियो।
साथै, स्वास्थ्यचौकीको रजत जयन्ती तथा नव निर्मित भवन उद्घाटन कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निभाएका समारोह समिति, उपसमिति, पोखरा महानगर–१९ को स्वास्थ्य महाशाखा कार्यालय तथा कर्मचारी, स्थानीय टोलविकास संस्था, आमा समूह, युवा क्लब र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद ज्ञापन गरेको थियो।
कार्यक्रममा युवा परिचालन उपसमितिका संयोजक अर्जुन अधिकारी, अभिलेख उपसमिति संयोजक लेखनाथ लामिछाने, स्वागत, सम्मान उपसमिति संयोजक कृष्णप्रसाद पौडेल, व्यवस्थापन उपसमिति सदस्य दुर्गा बस्नेत, वडा सदस्य कोपिला केसी र मूल समारोह समिति सदस्य नन्दराज दाहाललगायतले आफ्ना भनाई राखेका थिए।
कर्यक्रममा पोखरा महानगर–१९ का महिला स्वयंसेविकाका लागि १८ थान पीपी सेट स्वास्थ्य सामग्री वितरण गरिएको थियो।
स्वास्थ्यचौकी व्यवस्थापन समिति तथा मूल समारोह समिति अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रम स्वास्थ्य चौकी प्रमुख तथा मूल समारोह समिति सचिव श्यामसुन्दर आचार्यले कार्यक्रम संचालन गरेका थिए।
स्वास्थ्यचौकीको रजत जयन्ति समारोहको अवसरमा रजत स्मारिकाको प्रकाशन गरिएको थियो। लेखनाथ लामिछनोको संयोकत्वमा ९ सदस्यीय रजत स्मारिका प्रकाश उपसमिति गठन गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ…






