आज मार्च महिनाको २४ तारिख अर्थात विश्व क्षय रोग दिवस ।
दिवसका अवसरमा विविध कार्यक्रम गरी आज विश्वभर क्षयरोग दिवस मनाइन्छ।
विशेष गरी क्षयरोग तथा यस रोगको उपचार र जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ।
सन् १८८२ मा मार्च २४ तारिखकै दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेको हुनाले त्यही दिनको उपलब्धीको सम्झनामा विश्वभर मार्च २४ मा क्षयरोग दिवस मनाइँदै आएको हो।
नेपालमा क्षयरोग निवारणका लागि विरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार हुदै आएको छ । श्वासप्रश्वासबाट सजिलै सर्ने यो रोगको संक्रमण मधुमेह, एचआइभी, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका लगायत बिरामीमा बढि हुन्छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा प्रतिवर्ष २ हजार २ सय जना औषधि प्रतिरोधी क्षयरोगी थपिइरहेका छन्। गत आर्थिक वर्षमा औषधि प्रतिरोधी ३ सय ८४ जनालाई नियमित उपचारमा ल्याइएको थियो।
त्यसैगरी, नेपालमा प्रतिवर्ष करिब ६९ हजार नयाँ क्षयरोगी भेटिने केन्द्रको तथ्यांक छ। गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जनालाई परीक्षण गरी २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोगीको उपचार गरिएको थियो। यो हिसावले ४१ हजार नयाँ बिरामी उपचार बाहिरै रहेको देखिन्छ।
छुटेका बिरामीलाई पनि उपचारको दायरामा ल्याउनु सरकारका लागि अर्को चुनौती बनेको नेपाल क्षयरोग केन्द्रले जनाएको छ। क्षयरोग प्रिभिलिन्स सर्वेक्षणका अनुसार १५ प्रतिशत बिरामीले निजी स्वास्थ्य संस्थामा उपचार गराइहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ५५ उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र, ६ वटा डिआर होस्टेल र एउटा डिआर होममार्फत क्षयरोगीको उपचार भइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







