पोखरा । बुधबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुनेभन्दा थपिने धेरै भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधीमा ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका १३ जना र बाग्लुङमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
३१२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको थियो ।
निर्देशनालयले बुधबार मध्यान्ह कोभिड–१९ सम्बन्धी विवरण अनुसार कास्कीमा संक्रमण पुष्टि भएका सबै पोखरा महानगरपालिकाका हुन् । उनीहरुमध्य वडा नम्वर ४, ५, ६, ८, १५, १६, १७, २५ र ३१ का हुन् ।
यस्तै बाग्लुङको बाग्लुङ नगरपालिकाका–३ का एक जना ६४ वर्षिय पुरुषमा पनि संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।
यो सहित गण्डकी प्रदेशभर हालसम्म १६ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १५ हजार ९७८ जना कोरोना भाइरसमुक्त भइसकेका छन् । अब २३८ जना आइसोलेसनमा रहेको निर्देशनालयको भनाई छ । जसमध्य सबैभन्दा बढी कास्कीमा २०९ जना आइसोलेसनमा छन् ।
यस्तै गोरखा, नवलपरासी वर्दघाट सुस्ता पूर्व, मनाङ र मुस्ताङमा कोरोनामुक्त भएका छन् । ती जिल्लामा संक्रमण पुष्टि भएका सबै निको भएसंगै कोरोनामुक्त भएका हुन् । हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणबाट २०५ जनाले ज्यान गुमाएका छन् ।
मंगलबार प्रदेशमा कास्कीको पोखराका ३२ सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि र १३ जना कोरोनामुक्त भएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







