पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण


     रासस    
     चैत्र १७ गते २०७७ मा प्रकाशित



काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपाललमा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१२ रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ । उनीहरुमध्ये ५६ जना क्वारेन्टिनमा छन् ।

अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ को पिसीआर परीक्षण भएको छ । त्यस्तै तीन हजार २७ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।