पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ । यो सहित कोरोनाका कारण तीन हजार ३२ जनाले ज्यान गुमाएका छन् ।

सोही अवधीमा १६१ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । योसँगै उपचार पछि घर फर्किनेको सङ्ख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६१३ रहेका छन् । उनीहरूमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८३२ को पिसिआर परीक्षण भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।