पोखरामा चैत अन्तिम साता होमियोप्याथिक एशोसिएशनको महाधिवेशन


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०७७ मा प्रकाशित



पोखरा । पोखरामा चैतको अन्तिम साता अल नेपाल होमियोप्याथिक एशोसिएसनको राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

यही चैतको २७ गते पोखरामा हुने १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने एशोसिएशन गण्डकी प्रदेश अध्यक्ष डा. विष्णु प्रसाद चापागाइँले जानकारी दिए ।

अधिवेशनले २८ सदस्यीय केन्द्रिय कमिटी चयन गर्ने महाधिवेशन केन्द्रिय आयोजक समितिका संयोजक समेत रहेका चापागाइँले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रम सिर्जनाचोकस्थित रबि महलमा हुने जनाइएको छ ।

एशोसिएशनको कमिटी जिल्ला स्तरमा विस्तार नभए पनि प्रदेशस्तरका सदस्यहरु भने देशभर रहेको उनले बताए । महाधिवेशनमार्फत धेरै भन्दा धेरै सदस्य विस्तारका लागिे विधान संसोधन गर्ने एशोसिएसनका सचिव डा कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

एशोसिएसनका अनुसार नेपालमा १० वटा होमियोप्याथिक चिकित्सालय अस्पताल, २०० क्लिनिक र एक हजारको आसपासमा फार्मेसी रहेको छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।