एकै दिन पोखराका ९४ जनामा कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०७८ मा प्रकाशित



पोखरा । शुक्रबार गण्डकी प्रदेशमा एकैदिन ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका सबैभन्दा धेरै ९४ जना छन् । त्यस्तै बाग्लुङका १०, स्याङ्जाका ५, तनहुँ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ३–३, गोरखा, पर्वत र म्याग्दीका एक–एक जना छन् ।

कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका भएको निर्देशनालयद्वारा शुक्रबार अध्यावधिक विवरणमा उल्लेख छ ।

यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ८४ पुगेको छ । सोही अवधीमा ७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो संगै हुनेको संख्या १६ हजार ४१५ जना संक्रमणमुक्त भएका छन् ।

अव प्रदेशभर ४६२ जना आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
तिमध्य ४२० जना होम आइसोलेसनमा छन् । यस्तै कोरोना भाइरस संक्रमणका कारण २०७ जनाले हालसम्म ज्यान गुमाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।