कोरोना भाइरस : गण्डकीमा एक सातामा २५९ लाई संक्रमण


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झण्डै दुई हजार जनामा पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सोही अवधीमा १७० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यस्तै एक साताको अवधीमा कोरोना भाइरसबाट दुई जनाले ज्यान गुमाएको पनि निर्देशनालयले आइतबार कोरोना भाइरससम्बन्धी अध्यावधिक विवरणमा उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका ८१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २९ जना कोरोनामुक्त भएका छन् ।

प्रदेशका ७३० जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।
यसअघि शुक्रबार कास्कीका ९४ सहित ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ हजार १६५ पुगेको छ । तिमध्य १६ हजार ४४ जना संक्रमणमुक्त भइसकेको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा उल्लेख छ ।

अव प्रदेशका ५१४ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । ति मध्य ४६८ होमआइसोलेसनमा छन् ।

हालसम्म प्रदेशका विभिन्न जिल्लाका २०७ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।